वन डढेलाे न्युनिकरण गर्न सचेतना

निरन्तर न्यूज
११ जेष्ठ २०७६, शनिबार २१:३०

हेटौँडा । सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरुलाइ एक दिने वन डढेलाे न्युनिकरण सम्बन्धि सचेतना गराईएकाे छ ।

मकवानपुरगढि गाउँपालिकामा रहेका सामुदायिक वन समुहका प्रतिनिधिहरु सहभागि रहेको सचेतना कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर र डिभिजन वन कार्यालय हेटौंडाकाे सहयाेगमा सचेतना कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा वन डढेलाेबाट हुने क्षति र असरहरु, वन जङ्गलकाे विनास, रुखहरुकाे क्षति , पुनराेत्पादनकाे क्षति, वनकाे उत्पादन क्षमता ह्रास लगायत वन सम्वन्धि विषयमा  अन्तरक्रिया गरिएको थियो ।

महासंघका अध्यक्ष साधुराम चाैलागाई  डिभिजन वन कार्यालयका डिभिजन अधिकृत इमानाथ पाैडेल वन डढेलाे सम्बन्धिका सहजकर्ता बुद्धि प्रसाद पाैडेल लगायतले वन डढेलाे सम्वन्धि चेतनामुलक धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु