मिडिया विधेयक तुरुन्त फिर्ता गर्नुस : बालकृष्ण खाँड

निरन्तर न्यूज
११ जेष्ठ २०७६, शनिबार २१:१०

काठमाडौं । मिडिया विधेयक  तुरुन्त फिर्ता गर्न नेपाली  काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारसँग आग्रह गरेका छन् ।

आज काठमाडौंको क्षेत्र नं. ४ मा काँग्रेसले शुरु गरेको जागरण अभियानको उद्घाटन गर्दै नेता खाँडले  मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति समेत सृजना हुने सक्ने  सरकारलाई चेतावनी दिएका छन् ।

नेता खाँडले प्रेस माथिको हस्तक्षेप काँग्रेसलाई  स्वीकार्य नहुने भन्दै  काँग्रेसले लोकतन्त्रको रक्षाको लागि निरन्तर खबरदारी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु