हेटौँडा छिरेका भारतीय प्रहरी तत्काल नियन्त्रणमा

हेटौँडा । विना अनुमति हेटौंडा आइपुगेका भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको । शनिबार अनुमति बेगर हेटौँडाको पशुपति मन्दिर परिसरमा आइपुगेका भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका भारतीय प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा गुगल म्याप हेरेर हेटौँडामा रहेको पशुपति मन्दिरमा दर्शन गर्न आएको बताएपछि कानुनि प्रक्रिया अनुसार फिर्ता पठाइएको मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिए ।
पशुपति मन्दिरमा आधा दर्जन भारतीय प्रहरीलाई स्थानीयले देखेपछि मकवानपुर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाएपछि तत्काल जिल्ला प्रहरी काार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको टोलीलाई नियन्त्रणम लिएको थियो ।
के साच्चै भारतीय प्रहरी पशुपति दर्शन गर्न भनेर नै आएको हो कि हैन भन्ने बारे सुक्ष्म अनुसन्धान समेत गरिरहेको प्रहरी प्रमुख सिंहले बताए ।
तश्विर : गुगल