स्पेनसँग पराजित हुँदै युरो कप बाट बाहिरियो फ्रान्स

निरन्तर न्यूज
२७ असार २०८१, बुधबार ०८:०२

काठमाडौं । स्पेनसँग पराजित हुँदै फ्रान्स युरो कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबार बिहान भएको सेमिफाइनल खेलमा फ्रान्स स्पेनसँग २–१ ले पराजित भएको हो ।

यो सँगै उपाधि होडमा रहेको फ्रान्स फाइनल पुग्न असफल भयो ।

खेलको ९ औँ मिनेटमा फ्रान्सले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा घर फर्किनु परयो ।

स्पेनले २१औँ मिनेटमा पहिलो गोल फर्काएको थियो भने २५ औं मिनेटमा अर्को गोल गर्दै फाइनलमा स्थान सुरक्षित बनाउन सफल भयो ।

स्पेनले अब इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु