अभियानकर्तालाई मनोविमर्श तालिम

हेटौडा । प्रदेश ३ को राजधानी हेटौडामा लागुऔषध पुर्नस्थापना संचालन गरिरहेका अभियानकर्तालाई मनोविमर्श तालिम प्रदान गरेको छ । प्रदेश स्तरिय तालिम सिआन पुर्नस्थापना केन्द्र हेटौडा र लियो क्लव अफ हेटौडा भुटनदेविको संयुक्त आयोजनामा आजबाट शुरु भएको हो ।
सिआन पुर्नस्थापना केन्द्र हेटौडाका अध्यक्ष सौजन डिसिको सभाध्यक्षता तथा प्रदेश नम्बर ३ का निति तथा योजना आयोगका सदस्य माननीय श्यामकुमार वस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि वस्नेतले लागुऔषध प्रयोगकर्ता दिनानुदिन बृद्धि भईरहँदा सरकारले संचालन गर्नु पर्ने सुधार केन्द्र युवाहरु मिलेर संचालन गरिरहँदा यो सहनिय कार्य भएको बताए ।
उनले,‘लागुऔषधको क्षेत्रमा पनि अब बर्षमा निति तथा योजना बनाउने र उत्पादन मुलक कार्यक्रममा सुधार केन्द्रका युवाहरुलाई परिचालन गरेमा यस्ता केन्द्र संचालन गर्न सहज हुने भन्दै राज्यको तबरबाट गर्नु पर्ने सहयोग सदैव हुने उनले बताए ।
यस तालिममा प्रदेश नम्बर २, प्रदेश नम्बर ३, र प्रदेश नम्बर ४ मा लागुऔषध पुर्नस्थापना संचालन गरिरहेका २० जना अभियानकर्ताहरुको सहभागिता रहेको लियो क्लव अफ हेटौडा भुटनदेविका वर्ष २०१८÷१९ का अध्यक्ष तथा यस तालिमको कार्यक्रम संयोजक अनिल अधिकारीले बताए ।
यस कार्यक्रमले सहभागीहरुको मनोसमाजिक समस्या वारे अवधारणागत रुपमा स्पष्ट भई मनोसामाजिक समस्याका आधारभुत लक्ष्णहरुको पहिचान गर्न सक्ने क्षमता विकास, मनोसमाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग प्रदान गर्ने सीप विकास तथा मनोसामाजिक समस्या, मनोविमर्श लगायतका विषयहरुमा सचेतीकरण कार्यक्रमहरु संचालन गर्ने क्षमता अभिवृद्धि हुने साइक डेक्स फाउण्डेसन तथा द स्कुल अफ साइकोलोजिकाका कार्यक्रम संयोजक ज्योत्स्ना डाँगीले बताईन् ।
तालिममा हेटौडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारी, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ काठमाण्डौँ शाखाको अध्यक्ष सन्तराम बिडारी, सुधारकर्मी, अभिभावक दिपु लामा, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य रुपक कालिराज लगायतको आतिथ्यता रहेको थियो ।