बालिकालाई यौन दुव्यवहार गर्ने मकवानपुरमा एक शिक्षक पक्राउ

निरन्तर न्यूज
१९ असार २०८१, मंगलवार १२:११

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ मा बालिकालाई यौन दुव्यवहार गर्ने एक जना शिक्षक पक्राउ परेका छन् । आफैले अध्यापन गराउँदै आएको छात्रालाई यौन दुव्यवहार गर्ने महेन्द्र ज्योती माध्यमिक बिद्यालयका शिक्षक दिनेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शिक्षकलाई अदालतमा म्याद थप गरेर अनुसंधान गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश शाहले जानकारी दिनुभयो । शिक्षक उप्रेतीले यौन दुव्यवहार गरेको भन्दै उजुरी दिएपछी पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु