काँग्रेसले जनजागरणमा १२ काे संयाेग जुरायो

हेटौँडा । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिले हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा जन जागरण अभियान गर्ने भएको छ ।
काँग्रेसले सन्चालन गरिरहेको जनजागरण अभियानमा १२ को संयाेग जुराउदै हेटौँडा १२ मा जेठ १२ गते १२ बजे अभियान शुरु गरिने नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिनू भयो ।
अभियानबारे जानकारी दिने क्रममा आयोजित पत्रकार सम्मेलनमा पराजूलिले काँग्रेसको जनजागरण गाउँ गाउँमा पुग्दा जनता हर्षित भएको बताए । सरकारले नागरिकलाई रूष्ट बनाउँदा समेत काँग्रेसले प्रतिपक्षीको राम्रो भूमिका निभाउन नसकेको हो की भन्ने जनताले जिज्ञासा राखेका छन् भन्दै पराजुलीले अझै पनि सरकारले जनतालाई दबाउने काम बन्द नगरे काँग्रेसले जनताको आवाज लिएर अगाडी बढ्ने बताए ।
काँग्रेस जिल्ला सचिव बुद्ध लामा ले प्रजातन्त्रको रक्षाको लागी, जनताको व्यक्तीगत स्वतन्त्रताको लागि नै काँग्रेसले जागरण अभियान संचालन गरेको स्पष्ट पारे ।
नेपाल प्रेस युनियन मकवानपूर सचिब केशब समर्पणले संचालन गरेकोँ कार्यक्रमको यूनियन अध्यक्ष कूमार अधिकारीले समापन गरेका थिए ।