प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ पारित

निरन्तर न्यूज
१२ असार २०८१, मंगलवार १५:१४

काठमाडौं । प्रतिनिधि सभाबाट बजेट अर्थात् विनियोजन विधेयक, २०८१ पारित भएको छ ।

मंगलबारको प्रतिनिधि सभामा अर्थमन्त्री बर्षमान पुनले राखेको विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामा सो प्रस्ताव निर्णयार्थ पेस हुँदा बहुमतबाट पारित भएको हो ।

विनियोजन विधेयक पारित भएपछि अहिले प्रतिनिधि सभामा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल सम्बन्धी विधेयकमाथि पनि सामान्य छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु