मकवानपुरका स्थानीय तहले ल्याए बजेट

हेटौंडा / मकवानपुरका बिभीन्न गाउँपालिकाहरुले आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । आज ल्याएको बजेटमा यहाँका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई धेरै प्राथमिकता दिएका छन् । जनताका मुख्य आवस्यक्तनै पूर्वाधार निर्माण भएकाले यसमा प्राथमिकता दिइएको जनप्रतिनिधिहरु बताउँछन् । स्थानीय तहले ल्याएको बजेटमा कृषि, शिक्षा, स्वास्यलाई पनि प्राथमिकता दिएका छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि ५७ करोड ९५ लाख ८० हजारको अनुमानित बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न ११ औँ अधिवेसनले उक्त बजेट ल्याएको हो । यो बजेटमा धेरैजसो पूर्वाधार विकासका लागि बजेट ल्याइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । उनले रु। ५७ करोड ९५ लाख ८० हजार अनुमानित आय प्रस्तुत गरेकी हुन् । उनले सभामा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु। ९ करोड ८२ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु। ९६ लाख गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ७८ लाख प्राप्त भएको बताइन् ।
यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित भएको छ । पालिकाको सोमबार सम्पन्न ११ औं गाउँसभा अधिवेशनबाट पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गरिएको हो । पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रैथाने बाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने उल्लेख गरिएको छ ।
पालिकाले विद्यालयमा खाजा कार्यक्रमलाई विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रममा संघीय सरकारले ५ कक्षासम्म सञ्चालक गरेको खाजा कार्यक्रमलाई पालिकाले विस्तार गरेर ८ कक्षासम्म पुर्याउने नीति लिएको जनाएको छ ।
मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि ४८ करमेड ७८ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँसभाको १४ ओैँ अधिवेशनको सोमबारको बैठकमा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८१।०८२ को अनुमानित आय र व्ययको विवरण पेश गरेका हुन् ।
चालू वर्षको तुलनामा गाउँपालिकाको आगामी वर्षको बजेट घटेको छ। चालु वर्ष गाउँपालिकाले ५२ करोड ४२ लाख ५५ हजार ३०५ रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी बर्षको बजेट चालू बर्षको तुलनामा ३ करोड ६३ लाख ८७ हजार ५८७ रुपैंया कम विनियोजन भएको छ ।
यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
यसैगरी पुर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । दशौँ गाउँसभामा पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरे ।
यसैगरी मकवानपुरको बागमती गाउँपालिकाले आज ल्याउन लागेको आव २०८१र०८२ को नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाको नेतृत्वले उक्त नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै असन्तुष्टि जनाएका हुन् ।
गाउँपालिका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले एकलौटी ढङ्गले नेपालको संविधान २०७१ र स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य हक अधिकारमा प्रत्यक्ष हस्तक्षेपकारी गरि नीति तथा कार्यक्रम ल्याउन लागेकोमा घोरआपत्ती रहेको उपाध्यक्ष तिमल्सिनाले बताए । जनपत्रबाट ।