विद्यालयको ऋण तिरीदिने वडा अध्यक्ष

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले एक विद्यालयको ऋण तिरिदिएका छन् । वडाध्यक्ष घिमिरेले आफ्नो २३ महिनामा पाएको सेवा सुविधाबाट स्थानीय विद्यालयको ऋण तिरिदिएका छन् ।
धनकुटा नगरपालिकाको वडा नं. ३ मा अवस्थित ज्वालादेवी प्राथमिक विद्यालयलाई लागेको तीन लाख १८ हजार रुपैयाँ वडाध्यक्ष घिमिरेले आफ्नो पारिश्रमिकबाट तिरिदिएका छन् ।
आफैंले अध्ययन गरेको विद्यालयमा छाना, फर्निचर लगायतका अत्यावश्यक सामाग्री खरिद गर्दा लागेको ऋण तिर्न पाउँदा आफूलाई गर्व लागेको वडा अध्यक्ष घिमिरेले बताए । ऋणमा डुबेको विद्यालयलाई ऋण मुक्त गरेपछि विद्यालयले सही ढंगले पठनपाठन गरेर बालबालिकाको भविष्य उजिल्याऊन् भन्ने आफ्नो चाहना रहेको घिमिरेले बताए ।
नयाँ शक्तिबाट वडाध्यक्षमा विजयी घिमिरेले वडामा कृषि र पर्यटनलाई मूल मन्त्रको रुपमा लिएर ‘ग्रीन कागते, क्लिन कागते’ जस्तो अभियान चलाइरहेका छन् ।