मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, स्वतः निलम्बित

निरन्तर न्यूज
१० असार २०८१, आईतवार १६:४१

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्याललाई सञ्चार मन्त्रालयको सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यलाई क्षति पुग्ने निर्णयहरू गरेको अख्तियारको भनाइ छ ।

मुद्दा दायर भएसँगै अर्याल स्वतः निलम्बित भएका छन् ।

आइतबार अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको विशेष अदालतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु