मकवानपुर चित्लाङको ॐ अध्याय रिट्रिटको ‘गर्मी महामेला’ घोषणा

निरन्तर न्यूज
२७ जेष्ठ २०८१, आईतवार ११:०९

काठमाडौँ । चित्लाङको ॐ अध्याय रिट्रिटले गर्मी छल्नका लागि ‘गर्मी महामेला’ विशेष प्याकेजको ल्याएको छ । चित्लाङस्थित यस रिसोर्टले बढ्दो गर्मीसँगै ग्राहकका लागि छुटको प्याकेज ल्याएको छ । ‘गर्मी महामेला’ नाम दिइएको यो प्याकेज असार १ गतेदेखि ७ गतेसम्म चल्नेछ ।

चन्द्रागिरि र दामनको काखमा अवस्थित मकवानपुरको थाहा नगरपालिका ६ स्थित रिसोर्टले बढ्दो गर्मीलाई लक्षित गर्दै ‘गर्मी महामेला’ आयोजना गर्न लागेको जनाएको छ । ‘काठमाडौँदेखि टिस्टुङ आवतजावत गर्न निःशुल्क बसको व्यवस्था गरिएको छ भने रिट्रिटमा निःशुल्क स्विमिङको प्रबन्ध मिलाएको छ ।’

यस योजना अन्तर्गत काठमाडौँबाट बिहान ८ बजे बस छुट्ने छ । बस छुटेको करिव डेढ घण्टामा टिस्टुङ पुगेपछि स्विमिङको आनन्द लिन सकिने छ । रिसोर्टका अनुसार दिनभर घुमफिर गरेर साँझ ५ बजे पुनः सोही बसमार्फत काठमाडौँ फर्किने व्यवस्था मिलाइएको छ । यस्तै रिट्रिटमै रात बिताएर फर्किने ग्राहकलाई अर्को दिन निःशुल्क बस उपलब्ध गराइने बताईएको छ ।

टिस्टुङ घुम्ने रहर भएर पनि सवारीसाधन वा आर्थिक समस्याले जान नपाएकाहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको कम्पनीको दाबी छ । यसरी जाने आन्तरिक पर्यटकका लागि रिसोर्ट अन्य प्याकेजहरूमा पनि ३० प्रतिशत छुट दिइने कम्पनीले बताएको छ ।

नेपाल सरकारबाट थ्रिस्टार मान्यता प्राप्त रिसोर्टमा स्विमिङ पुलसहित सुविधासम्पन्न ४६ कोठाहरू छन् । यहाँ आउटडोर तथा इन्डोर गेम्स, हर्स राइडिङ, सुन्दर बगैँचा, चिल्ड्रेन पार्क, स्पा लगायतको सुविधा रहेको छ । राताेपाटीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*