भारतीय प्रधानमन्त्री मोदी र राहुल गान्धी विजयी
एजेन्सी – भारतमा भएकाे १७ औं लोकसभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी विजयी भएका छन् । । मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले केरलाको वायनाडमाबाट निर्वाचनमा जीत हासिल गरेका हुन् । गान्धीले आफ्नो प्रतिस्पर्धीलाई चार लाख मतअन्तरले पराजित गरेका छन् ।
अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा ८ हजारभन्दा बढी मतले पछाडि छन् । विश्वकै सबैभन्दा ठूलो मानिने भारतीय लोकसभा निर्वाचन कुल ७ चरणमा गरिएको थियो।
५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो । समग्र नतिजामा बीजेपी गठबन्धले भारी अग्रता लिएको छ । बीजेपी गठबन्धले बहुमत पुग्ने अवस्था देखिएको छ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी दोहोरिने पक्का जस्तै भएको छ । उनलाई विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखले बधाइ दिन सुरु गरेका छन् ।