रोहिणी एजुकेशन कन्सल्टेन्सीकाे बुटवलमा सेवा सुचारु

निरन्तर न्यूज
९ जेष्ठ २०७६, बिहीबार १७:१४

बुटवल । न्यूजिल्याडमा अध्ययन गर्नका लागि जान चाहने विद्यार्थीहरुका लागि सहज तरिकाले काम गर्ने उद्देश्यले रोहिणी एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा सुचारु गरेको छ ।

आज वुटवालमा रोेहिणी बुटवल एजुकेशन कन्सल्टेन्सीको नामबाट ट्राफिक चोकमा आफ्नो सेवा विस्तार गरेको हो । कन्सल्टेन्सीे शुभारम्भमा न्यूजिल्याण्ड अध्ययनमा जाने विद्यार्थीको सुरक्षाका साथै दक्षता हासिल विद्यार्थीहरुको श्रमको उचित सम्मान हुने शिक्षा पद्धति लिएको प्रबन्धक श्याम भन्डारीले जानकारी दिए ।

इन्टरनेशनल इन्स्टिच्यट अफ टेक्नोलोजिका इन्टरनेश्नल बजार व्यवस्थापक हेलेन क्याप्पले न्यूजिल्यान्डको शिक्षा बैज्ञानिक र व्यवहारिक भएको भन्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि न्यूजिल्यान्ड आउन आग्रह गरिन् । गुणस्तरमा सम्झौता नगरी बुटवलबाट सेवा दिने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक जिएस गुरुङले बताए ।

सन् २००२ बाट विद्यार्थी जान अनुमति दिएको न्यूजिल्यान्ड सरकारले न्यूजिल्यान्डमा नेपालीको संख्या ६ हजार रहेका छन् । नेपालको पहिलो आधिकारीक कन्सन्टेन्सीको दाबी गरेर काम गरिरहेको कन्सल्टेन्सीले न्यूजल्याण्डको ३ दर्जन बढि कलेजहरुसँग समन्वयमा काम गरिरहेको प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु