मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न

रूपन्देही । कर्मचारीहरु बीच आपसी भाइचारा तथा सामुहिक भावनाको विकास गराउने उद्धेश्यले बुधवार टाईगर प्यालेस रिसोर्ट प्रा.लि.ले मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा होटलका विभिन्न १३ विभागका १३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा एफएण्डबी ए समुहले उपाधि जितेको रिसोर्टका मानव संशाधन विभाग प्रमुख इन्द्र भट्टराईले जानकारी दिए ।
मणिग्राममा भएको प्रतियोगीतामा गेमीङ्ग ए समुहलाई ४ शुन्यको फराकिलो गोल अन्तरले हराउँदै एफएण्डबी ए विजेता बनेको हो ।
विजेता टिमको लागि पूर्ण गुरुङ्गले ३ तथा प्रविण गुरुङ्गले १ गोल गरेका थिए । विजेता तथा उपविजेता टिमलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।