नेपाल फाइनलमा नेदरल्याण्ड्सँग ४ विकेटले पराजित

निरन्तर न्यूज
२२ फाल्गुन २०८०, मंगलवार १५:४२

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको हो। १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक प्रहार गरे । उनले २९ बलमा ५४ र साइब्राण्ड एन्गलब्रेचले ४८ रन बनाए।

नेपालका लागि कुशल मल्लले ४ विकेट लिए पनि जित दिलाउन सकेनन् । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ नेपालले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १८४ रन बनाएको थियो।

ओपनर आसिफ शेखले ४७ रन बनाए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । गुल्सन झाले २५ बलमा ३ छक्का प्रहार गर्दै ३४ रन बनाए ।

कुशल मल्लले ११ बलमा २६, कप्तान रोहित कुमार पौडेलले २५ र कुशल भूर्तेलले २० रन बनाए ।

नामिबियासमेत सम्मिलित सिरिजमा दुई खेल जितेर नेपाल फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु