गिरीकाे नेतृत्वमा मकवानपुरमा जिम्नाष्टिक संघ गठन

निरन्तर न्यूज
२७ पुष २०८०, शुक्रबार १४:३२

हेटौडा । मकवानपुरमा जिम्नाष्टिक संघ गठन गरिएको छ । सुनिल गिरीको नेतृत्वमा बिहिबार संघ गठन गरिएको हो । नेपाल जिम्नास्टिक संघका कोषाध्यक्ष सुनीलमान सिंहको संयोजकत्व तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड़कीको आतिथ्यतामा संघ गठन गरिएको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितीको कार्यलयमा गठन भएको संघको उपाध्यक्षमा गजेन्द्रराज गिरी, महासचिवमा रणवीर थापा, कोषाध्यक्ष अनुप कुमार लामा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा विमन्न लामा,रवीन्द्र शाही, सुम्रा थापा, मनिष योञ्जन,प्रलय चौलागाँई, भीम बहादुर देउला, राजेश तुमिङ्ग, राजेश देउला र मदन श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा कराते प्रशिक्षक विष्णुभक्त श्रेष्ठ, केन्द्रिय सदस्य श्री प्रसाद केजु, उसु प्रशिक्षक विमला थापा, एथलेटिक्स प्रशिक्षक विष्णुमान श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु