लागु औषध सहित ३ जना पक्राउ

निरन्तर न्यूज
८ जेष्ठ २०७६, बुधबार ०८:४७

हेटौँडा । जिल्ला प्रहरी मकवानपुरले प्रतिवन्धित लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध गाँजासहित भारत बिहार जिल्ला मोतिहारी पुरेन्द्रा वडा नं. ५ बस्ने २४ वर्षीय दिनेश रामलाई १ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बा ५ ख ४४९१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा शरिरको पेट र ढाडमा प्लास्टिकले बेरेर लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारेको हो ।

त्यस्तै प्रहरीेले नाइट्रभेट ट्याबलेट सहित ललितपुर महालक्ष्मी  नगरपालिका  वडा नं‍‌‍ ३ बस्ने २३ वर्षिय प्रशान्त कार्कीलाई पक्राउ गरेको छ । कार्कीको साथबाट नाईट्रोभेट १३० ट्याब्लेट र सिमप्लेक्स सी ६२ ट्याब्लेट बरामद गरेको छ । कार्कीलाई हेटौंडा उपमहानगरपालिका ३ लेवट सडकखण्डबाट पक्रेको प्रहरीले जनाएको छ ।

त्यसैगरि हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे सडकखणडबाट लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । हेटौँडा ११ का ३० वर्षीय शोभनाथ फुयाँललाई ओनरेक्स ५ बोत्तल, सिमप्लेक्स र नाइट्रोभेट १०/१० ट्याबलेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम ६ महिना देखि २ वर्ष सम्म कैद तथा २ हजार देखि १० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु