परराष्ट्रमन्त्री साउदले गरे भारतीय विदेशमन्त्री जयशंकरलाई बिदाइ
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । नेपालको दुई दिने भ्रमण पूरा गरी उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।
उनलाई बिदाइ गर्न परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका थिए । उनले यसक्रममा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए ।
त्यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।
स्वदेश फर्किनुअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।