अपराधरहित समाज निर्माणमा प्रहरी

हेटौंडा । नागरिक सेवा तथा अपराध रहित समाज निर्माण गर्न मकवानपुर प्रहरीले प्रहरीसँग एक दिन भन्दै समुदाय प्रहरी कार्यक्रम सन्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत रहेका विभिन्न शाखाहरुबाट प्रहरी के कस्तो प्रकारको नागरिक सेवा प्रदान गर्छ भन्ने बारेमा अभिमुखिकरण गर्ने उद्देश्यले हेटौँडाको ब्रम्हदिक एकेडेमीका शिक्षक तथा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ ।
छलफलको क्रममा समाजमा घट्ने विविध अपराधबाट सुरक्षित रहने उपाय सहित अपराध न्यूनिकरणमा प्रहरीसँग समन्वय गरि दैनिक गतिविधि सहज बनाउने भन्ने विषयमा प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले प्रहरी, शिक्षक, विद्यार्थीहरुको भूमिकाका बारेमा स्पष्ट पार्नुभएको थियो ।