शेयर बजारमा एक वर्ष यताकै उच्च कारोबार, ७ अर्बको किनबेच

काठमाडौं। सेयर बजारमा एक वर्षयताकै उच्च कारोबार भएको छ। बुधबार ७ अर्ब ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम गत पुस २६ यताकै उच्च हो।
यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो ।
मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ र लगानीकर्ताको सक्रियता बढेको छ। नेप्से परिसूचक ३५।३९ अंकले बढेर २१४१.८७ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्समा ४.९३ अंकको सुधार भएको छ। उत्पादनमूलक र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उत्पादनमूलक समूह ७।१ प्रतिशत बढ्यो भने लगानी समूह ६।९ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार समूह ६।२ प्रतिशत बढ्यो ।
बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे । निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटे ।यस दिन बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्स र निफ्राको मूल्य ८ प्रतिशत बढ्यो ।नेरुडे लघुवित्त, माथिल्लो मैलुङखोला, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सीको मूल्य ३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र निफ्रा अगाडि रहे ।