पत्रकारलाई सरकारबाट अंकुश लगाउनु खोज्नु गलत: बाँनीया

निरन्तर न्यूज
७ जेष्ठ २०७६, मंगलवार १७:३९

हेटौंडा । १७ औँ चलचित्र पत्रकारीता स्थापना दिवसको अवसरमा हेटौँडामा चलचित्र पत्रकार संघ मकवानपुरले हेटौँडामा गरेको कार्यक्रममा ३ नम्बर प्रदेश काँग्रेस संसदिय दलका नेता इन्द्र बहादुर बाँनीयाले स्वतन्त्र र निष्पक्ष लेख्ने पत्रकारलाई सरकारबाट अंकुश लगाउनु खोज्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।
प्रदेश सभा सदस्य बाँनीयाले पत्रकारहरुले कसैको प्रभावमा नपरी, आस्था र आडमा पनि आफ्नो अभिबृद्धिमा ब्रेक लाग्ने भन्दै नेता बाँनीयाले सरकारले ल्याएको विधेयक जबसम्म सच्याएर फिर्ता लिइन्न तबसम्म नेपाली काँग्रेसले पत्रकार महासंघको आन्दोलनलाई सडक र सदनबाट साथ दिने स्पष्ट पारे ।
३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले पत्रकारको हकहित र न्यायको पक्षमा रहने हरेका आन्दोलनलार्य आफुले सधै साथ दिने बताए ।
कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आचार संहितामा दण्ड सजायको प्रावधान राखिन नहुने तर्क गरे ।
नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको सम्मान गर्दै अगाडि बढ्न सरकारलाई आग्रह गरे ।
चलचित्र पत्रकार महासंघका मकवानपुरका अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु पोषण केसी, अध्यक्ष प्रताप विष्ट, निराजन भण्डारी, उज्जवल चौलागाई, मनोज ढोडारी, हरी हुमागाई, कुमार अधिकारी, गिरीजा अधिकारी, अशोक डंगोल, कलाकारहरु उज्वल शर्मा, शोभिता सिम्खडा, अमिर गौतम, सुशान्त श्रेष्ठ, व्यवसायी आनन्द पराजुली, श्याम ढकाल  ओम्याक्सका संचालक येशु प्रधान, सन्तोष खड्का, व्यवसायी रबी श्रेष्ठ, एनएस सिनेमाका संचालक नवराज आचार्य, कैलाश ढकाल लगायतको आतिथ्यता रहेको थियो

बरिष्ठ पत्रकार लम्साल र पराजुली सम्मानित

चलचित्र पत्रकारीता दिवसको अवसरमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि इन्द्र बहादुर बाँनीया र विशिष्ठ अतिथि प्रेम बहादुर पुलामीले बरिष्ठ पत्रकार तथा कबी डाक्टर नवराज लम्सालाई नगद ११ हजार १ सय ११ सहित सम्मान गरेको छ ।
त्यस्तै मकवानपुरे अग्रज पत्रकार रोशन पराजुलीलाई नगद ५ हजार सहित सम्मान गरिएको छ । नेपाल समाचारपत्र मकवानपुर सम्वाददाता र हेटौँडा सन्देश दैनिकामा कलम चलाउने पराजुली जिल्लाको अग्रज पत्रकारमा गनिन्छ ।
चलचित्र पत्रकारीता क्षेत्रमा २ दशक विभिन्न योगदान दिनुभएको आधारमा सम्मान गरिएको संघका अध्यक्ष मणिराजले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*