पाँचथरमा अज्ञात समुहद्वारा ९ जनाको हत्या

पाँचथर । सोमबार राती पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नम्बार ३, आरुबोटेमा धारिलो हतियार प्रयोग गरी अज्ञात समुहले ९ जनाको विभत्स हत्या गरेको छ । एकै परिवारको ५ जना र अर्का परिवारको ४ जना गरी ९ जनाको विभत्स तरिकाले हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जानकारी दिएको छ । अज्ञात समुहको आक्रमणमा परी एक जना बालिका समेत घाइते भएकी छिन् ।
हत्या गरिएकोमा मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेका ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।
सदरमुकामबाट करिब ३ घण्टाको दूरीमा रहेको उक्त ठाँउमा पुगेर कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते बालिकालाई उपचारका लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।