स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्र उड्यो सेनाको स्काई ट्रक

काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली रुकुमपश्चिम र जाजरकोटतर्फ गएको छ ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यसतर्फ गएका छन् । १६ जना स्वास्थ्यकर्मीसहित उनी त्यसतर्फ गएका हुन् ।