‘युवाको गौरब, जवानीमा पौरख’ आत्मसाथ गर्दै सामाजिक विकास मन्त्रालय

निरन्तर न्यूज
७ जेष्ठ २०७६, मंगलवार ०८:४१

हेटौंडा / ३ नम्बर प्रदेश सरकारको सामाजिक बिकाश मन्त्रालयलले सामाजिक विकास मन्त्रालय युवाको गौरब जवानीमा पौरख भन्ने कोटेशन सहित प्रदेशको विकास गर्न १ सय १५ स्वयमसेवक तयार पारेको छ ।

प्रदेशको १३ वटा जिल्लामा सोमबारबाट खटाइएको युवा स्वयमसेवकहरुलाई विभिन्न तालिम दिएर प्रदेश विकासको लागि खटाइएको हो । सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारको प्रदेश बिकास स्वयमसेवक कार्यक्रमबाट बिभिन्न ११ वटा सेवा क्षेत्रमा स्वयमसेवक छनौट गरि परिचालन गरेको मन्त्रालयले जनाएको छ ।

समुदायमा गएर काम गर्न खटाइएका १ सय १५ स्वयमसेवकहरुमा हेल्थ असिस्टेन्ट ७, स्टाफ नर्स ८, अनमी ६, बायोमेडिकल टेक्नीसियन २, फार्मेसी सहायक ३, माबि शिक्षक ४,  खेलकुद प्रशिक्षक २६,  कृर्षि प्राबिधिक सहायक १६, पशु प्राबिधिक सहायक १३, सहयोगापेक्षि सडक मानव मुक्त सहजकर्ता १७ र  बालबिवाह मुक्त प्रदेश सहजकर्ता १३ जना रहेका छन् ।

स्वयंसेवकहरुलाई अभिमुखिकरण तालिम दिएर स्वयंसेवकहरुलाई १३ वटै जिल्लामा क्षेत्रका काममा खटिने गरि पठाइएको सामाजिक बिकाश मन्त्रालयका उपसचिब खुवीराम अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु