हेटौंडा उपमहानगरकाे व्यवसाय दर्ता शिविरमा १०६ दर्ता

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा १०६ व्यवसाय दर्ता भएका छन् । हेटौंडा–१९ नम्बर वडा कार्यालयबाट सोमबार देखि सुरु गरेको शिविरमा बुधबार सम्म १०६ वटा व्यवसाय दर्ता भएको र २२ वटा दर्ता प्रकृयामा रहेको छ ।
वडा सचिब राजेन्द्रनाथ पोखरेलका अनुसार वडामा दर्ता बिना सञ्चालनमा रहेर करको दायरा बाहिर रहेका धेरै व्यवास दर्ता भएको बताए । ‘दर्ता बिना सञ्चालनमा रहेका वडा भित्रका धेरै व्यवसाय दर्ता प्रकृयामा सहभागि हुँदै उपमहानगरलाई कर तिर्ने अवस्थामा पुगेका छन्’ उनले भने । दर्ता भएका व्यवयायीलाई प्रमाणपत्र हस्तान्तरण गरी सकेको छ भने प्रकृयामा रहेकालाई प्रमाणपत्र बनाएर बितरण गर्ने सचिव पोखरेलले बताए ।
उपमहानगरले करको दायरा बाहिर रहेर व्यवसाय गरीरहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन थालेको छ । हेटौंडा बजार क्षेत्र भन्दा बाहिर वडाहरुमा रहेर बिना दर्ता व्यसाय सञ्चालन गरी रहेका व्यवसायीलाई लक्षित गर्दै उपमहानगरका वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरेको हो । उपमहानगरपालिका सबै वडामा तिन÷तिन दिन शिविर सञ्चालन गर्ने तयारी रहेको राजश्व प्रशासन शाखाका प्रमुख श्यामकृष्ण श्रेष्ठले बताए ।
उपमहानगरको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुमा दर्ता बिना व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेको पाएपछि व्यवासय दर्ता शिविर सञ्चालन गरेको उनले जानकारी दिए । शिविरसँगै आन्तरीक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपछि उपमहानगरमा सुचिकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तिन बर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ । अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तिन बर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउँने सुबिधा उपमहानगरले दिएको छ ।