सरकार खोक्रो आश्वासन र उखान टुक्का मात्रै बाढ्दैछ : नेता केसी

हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ओली सरकार जनताले देखिने काम गर्न छाडेर खोक्रो आश्वासन र उखान टुक्का मात्रै बाढिरहेको अरोप लगाए ।
राष्ट्रिय जागरण अभियानमा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता केसीले सरकार लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको आरोप लगाएका छन् ।
कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगरको संयुक्त आयोजनामा मकवानपुरको पालुङमा भएको अभियानमा बोल्दै बर्तमान कम्युनिष्टहरु सरकारमा आएसँगै चरम भ्रष्टाचार, सरकारी जग्गा काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको आरोप लगाए ।
ओली सरकार गठन भएसंगै देशको संविधान र कानून मिच्दै अघि बढेको बताउँदै नेता के.सी.ले यसैगरी एकपछि अर्को निरंकुशता लाद्न खोजे कांग्रेसले अब चौथो ठूलो आन्दोलनको तयारीमा लाग्नुपर्ने बताउँदै आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले नेपालको कम्युनिष्ट सरकारलाई विश्वले नपत्याएका कारण अहिले नेपालको अर्थतन्त्र धरापमा पार्ने सरकार चटकी भएको बताइन् ।
काँग्रेस जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरु झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भई सरकारमा गएपनि अहिले बजेटको चरम दुरुपयोग गरि जनतालाई पङ्गु बनाएको बताए ।
नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगर समितिको संयुक्त आयोजनामा थाहा नगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपा, राप्रपालगायत पार्टी परित्याँग गरि ३४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।