हेटौँडाका २ भेटेनरी पसलमा शिलबन्दी, ३ दिनभित्र बिरगन्जमा हाजिर हुन सूचना

निरन्तर न्यूज
६ जेष्ठ २०७६, सोमबार २१:१२

हेटौँडा । हेटौँडाको २ वटा भेटेनरी पसलमा औषधि ब्यवस्था विभागले शिलबन्दी गरेको छ । विभागको काठमाण्डौँबाट आएको टोलीलले विश्वराज बाँनीया तथा धर्मराज बाँनीया प्रोपाईटर रहेको दुवै भेटेनरी पसलमा शिल गरेको हो ।

शिल गरिएका पसलहरु मध्ये किसान खेती सेवा पसल र हेटौँडा भेटेरिनरी सप्लायर्स हेटाँडा उपमहानगरपालिका वडा नंबर २ कान्तिराजपथमा रहेको छ ।

औषधि विभागले दिने व्यवसायी प्रमाण पत्र नभएको, पसलाको इजाजतपत्र नविकरण नभएको लगायतका प्रमाणपत्रहरु पेश गर्न नसकेपछि पसलमा शिल गरिएको अनुगमनमा सहभागि जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिए ।
अबको ३ दिन भित्रमा औषधी व्यवस्था कार्यालय विरगजमा उपस्थित हुनुपर्ने सूचना दिएर पसलमा शिल गरिएको श्रीवास्तवले जानकारी दिए ।

अनुगमन टोलीमा विभागबाट आएका फार्मेसि अधिकृतहरु भुपेन्द्रकुमार पौडल तथा बुद्धिबल चिदि, प्रशासकिय अधिकृत श्रीवास्तव, उपभोक्ता मन्चका बासु खतिवडा सहितको टोलीले पसल अनुगमन पश्चात शिल गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*