मकवानपुरमा ६ करोडको जिल्ला प्रशासन कार्यालय बन्दै

निरन्तर न्यूज
६ जेष्ठ २०७६, सोमबार १५:४३

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसरमा करीब ६ करोड लागतमा सुविधा सम्पन्न नयाँ प्रशासनिक भवन बन्न थालेको छ । तीन तल्लाको अपांग मैत्री नयाँ भवन बनेपछि सेवाग्राहीहरुलाई सेवा लिन सहज हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

नयाँ बन्ने भवनमा सभाहल, सेवाग्रही बस्ने प्यासेज, वातावरणअनुकुलित कोठा लगायत हुने प्रजिअ तामाङले जानकारी दिनुभयो ।
प्रशासन कार्यालय रहेको पुरानो भवनको पश्चिमपट्टी बन्न लागेको नयाँ भवनको लागत ५ करोड ८२ लाख ६३ हजार रुपैया रहेको छ ।

विरुवा/कामख्य/उपमा जे.भी. कोटेश्वर, काठमाण्डौँले यही फागुनमा भवन निर्माण गर्न पाएको ठेक्काको २०७८ भदौमा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ ।

शौचालय समस्या

एकातिर प्रशासनको नयाँ भवन निर्माण भैरहदाँ पुरानो भवनका केही भाग भत्किदाँ आवतजावतमा समस्या देखिएको छ । साथै सेवाग्राहीलाई शौचालयको समेत समस्या परेको हुनाले प्रशासनले अस्थायी रुपमै भएपनि शौच गर्ने व्यवस्था गरिदिए उचित हुने परिसरमा भेटिएका एकजनाले सुनाए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*