अन्जना लामाको हत्या निन्दनीय :महिला सन्जाल

हेटौंडा । मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको सञ्जाल मकवानपुर र महिला मानव अधिकार रक्षक सञ्जालले अन्जना लामा महतको हत्यालाई निन्दनीय र कायरतापूर्ण भन्दै गुह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत् मन्त्रालयलाई सन्जालका अध्यक्षद्वय आरति पाठक र गिता अर्यालले ज्ञापन पत्र बुझाएका हुन् ।
पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी तामाङले तत्काल गुह मन्त्रालयमा पत्र पठाउन भनिएको र यस्ता घटना निन्दनीय नै भएकोले दोषीमाथी कानुन कारवाही हुने प्रतिक्रिया दिएका थिए ।
संयोजकद्वय पाठक र अर्याल सहित माया लामा, सरीता दाहाल, प्रिया पौडेल सहित दुवै सञ्जाल सम्वद्ध अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुरको भैँसे माइती भएकि अन्जनालाई ललितपुरको ढोलाहिटीमा आफ्नै जेठाजुले २०७६ बैशाख २६ मा हत्या गरेका थिए ।