विद्यार्थी युनियनले शिक्षा ऐन विधेयक जलाए

काठमाडौँ । सरकारले पछिल्लोपटक ल्याउन लागेको शिक्षा ऐन विधेयक काठमाडौँमा नयाँ शक्ति विद्यार्थी युनियन, त्रिवि आधार समितिले जलाइएको छ ।
आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन र नाराजुलुस गर्दै सो विधेयक विद्यार्थीहरुले जलाएका हुन् । सरकारको पछिल्लो गतिविधि विरुद्ध विद्यार्थीहरुले आक्रोस पोखेका थिए ।
बिश्वबिद्यालयमा पछिल्लो समयमा देखिएको दलीय भागबन्डा अन्त्य गर्नुपर्ने तथा शिक्षा ऐन विधेयक ल्याउन नहुने लगायतका माग गर्दै शिक्षा ऐन विधेयक जलाइएको नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले बताए ।
सो बिधेयक जलाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दा पनि कुनै अप्रिय घटना भने घटेन ।