मिस एस इ इ को विजेता बनिन् प्रज्ञा भण्डारी

निरन्तर न्यूज
५ जेष्ठ २०७६, आईतवार २१:४९

 

धरान । धरानमा संचालित टेष्टी टेष्टी मिस एस इ इ २०१९ प्रतियोगिताको विजेता प्रज्ञा भण्डारी बनेकी छिन् ।

घोषित भएकी छन् । धरान जेसीज भूपू अध्यक्ष क्लबको संयोजनमा धरान जेसीजले आयोजना गरेको छैठौं संस्करणको प्रतियोगितामा लोटस विद्या विहार धरानकी छात्रा भण्डारी विजेता बनेकी हुन् । विजेता बनेकी भण्डारीले ताज तथा  ट्रफी, सहित नगद ४० हजार जितेकी छिन् । साथै  मोवाई तथा  धरान आर्दश कलेजमा प्लस टु सम्म निशुल्क अध्ययन गर्ने अवसर पाउनुका साथै यसै वर्ष काठमाडौमा आयोजना हुने मिस टीन प्रतियोगितामा सहभागि हुने अवसर पाएकी छन् ।

प्रतियोगितामा भण्डारीले मिस व्युटिफूलको उपाधी पनि जितेकी छन् । यसैगरी विष्णु मेमोरियल बोडिङ स्कुल धरानकी छात्रा सिमरन हल्वाई फस्ट रनरअप भएर नगद ३५ हजार, मोवाईल  पाईन् र सेकेन्ड रनरअप जितेकी दिल्ली पब्लिक स्कुल धरानकी सिमरन खड्गीले ताज, ट्रफी, मेबाइल सहित नगद ३० हजार हात पारिन् ।

३० जना छात्राहरु बीच प्रतिस्पर्धा भएको प्रतियोगिताको प्रमुख निर्णायक मिस नेपाल उषा खड्गी थिइन् । साथै जुरीहरुमा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल,  प्लान नेपालका ईटहरी एरिया म्यानेजर कलावती चेम्जोङ, प्राध्यापक समि लामा र प्रा.डा. संजीव शर्मा रहेका थिए । धरान जेसीजका अध्यक्ष मनिष शाहीको सभाध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*