यू–१९ एसीसी प्रिमियर कप : इरानमाथि नेपालको जित

काठमाडौं ।नेपालले यू–१९ एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानमाथि २७४ रनको फराकिलो जित दर्ता गर्यो । वाईएसडी (यूकेएम क्रिकेट ओभल) बाङ्गीमा पहिले ब्याटिङ गरी कप्तान देव खनालको शतक मद्दतले ३५३ को विशाल योगफल खडा गरेको नेपालले इरानलाई ७९ रनमा अलआउट गर्यो । इरान ३० ओभर ४ बलमा अलआउट भयो ।
जवाफमा इरानलाई ३०.४ ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेट्यो । उसका लागि ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । २२ बल सामना गरेका उनले ५ छक्का र १ चौका प्रहार गरे ।
उनले पहिलो विकेटका लागि समन शेखीसँग ३६ रनको साझेदारी गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा सुवास भण्डारीले पहिलो विकेटका रुपमा शेखीलाई ५ रनमा पभेलियनको बाटो देखाएपछि इरानको निरन्तर विकेट गुमायो ।घातक बलिङ गरेका दीपेश कँडेलले ७ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिए भने सुवासले ८.५ ओभरमा ६ रन खर्चिएर समान ३ विकेट हात पारे । हेमन्त धामी र आकाश चन्दको नाममा २–२ विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने निकै खराब थियो । ओपनर अर्जुन कुमाल शून्य र तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी ३ रनमा आउट हुँदा नेपाल संकटमा परेको थियो ।
तर चौथो नम्बरमा आएका कप्तान देव खनालले दीपक बोहोरासँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरे । त्यसक्रममा खनालले ५९ बलमा शतक पुरा गरे । अर्को बलमा उनी आउट भए भने अर्को ओभरमा बोहोरा पनि पभेलियन फर्किए । ५९ बलको सामना गरेका उनले ६५ रन बनाए ।
त्यसपछि नेपालीको पारी दीपकप्रसाद डुम्रे र दीपेश कँडेलले सम्हाले । दुबैले पाँचौं विकेटका लागि ९१ रनको साझेदारी गरे । डुम्रे ४४ बलमा ६९ रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर २७६-५ थियो ।
थप थप रन जोड्दा दीपक पनि आउट भए । बल बलको सामना गरेका उनले २९ रन बनाए । दीपक बोहोरा १ र मिलन बोहोरा शून्यमै आउट भए । तर तल्लो अर्डरका ब्याट्सम्यानले नेपालको स्कोरलाई ३५३ रनसम्म पुर्याए । त्यसक्रममा मेहन्त धामीले १९ बलमा २३ र आकाश चन्दले ११ बलमा १९ रन बनाए । सुवास भण्डारी १८ रनमा अविजित रहे ।
इरानका डाडरहमान राइसी र सलमान नयाज्माले समान ३–३ तथा जेइद राएसी र समान शेखीले समान २-२ विकेट लिए ।नेपालका कप्तान खनाल म्यान अफ दि म्याच भए । टिमको स्कोर र आफ्नो शतकप्रति खुसी रहेको उनले बताए । उनले इरानको फिल्डिङको तारिफ गरे ।