इजरायलबाट ३५० नेपालीले घर फर्किन दिए निवेदन, १२७ जना विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो

निरन्तर न्यूज
२४ आश्विन २०८०, बुधबार ०७:५३

काठमाडौं । इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कन नाम दर्ता गरेका छन् ।

अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको र उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

हराइरहेका एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । दूतावासका अनुसार इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।

यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु