नेकपा मकवानपुरको १ सय ४५ सदस्यीय जिल्ला समिति, ५० पुराना सदस्य हटाइए 

नेकपा एकता प्रक्रिया
निरन्तर न्यूज
५ जेष्ठ २०७६, आईतवार १७:५४

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेश सचिवालयले टुंग्याएको १ सय ४५ सदस्यीय जिल्ला समितिलाई आज बसेको ३ नम्बर प्रदेश समितिको वैठकले अनुमोदन गरेको छ ।

यसरी १ सय ४५ जनाको जम्बो जिल्ला समिति बन्दा पनि पूर्व माओवादी र पूर्व एमालेबाट ५० जना पूर्व जिल्ला सदस्यहरुलाई हटाएको छ ।
पूर्व एमालेको जिल्ला कमिटि १ सय १० मध्येबाट ७८ जना र पूर्व माओवादीको ९५ जिल्ला कमिटिबा ६७ जना मात्र आज अनुमोदन गरेको जिल्ला समितिमा छनौट भएका छन् ।

काठमाण्डौँ जिल्ला समितिमा २ सय २५ सदस्य तथा रसुवा र दोलखा जिल्लामा १ सय ३५ सदस्यीयको मापदण्ड रहेको र मकवानपुर जिल्लाको हकमा १ सय ४५ जिल्ला समितिको मादण्ड अनुसार सबै पूर्व जिल्ला सदस्यहरुको नामावली अटाउन नसकेको नेकापा का एजना प्रदेश सदस्यले जानकारी दिए ।

यसअघि नेकपा मकवानपुरको जिल्ला अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामीको निर्णय भैसकेको छ । अध्यक्ष र सचिवद्वय ३ नम्बर प्रदेश सभा सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु