एसियाडका सबै स्पर्धा समाप्त, चीन कीर्तिमानी २ सय १ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं । १९ औं एसियाली खेलकुदका सबै प्रतिस्पर्धा सकिएको छ । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएसँगै एसियाली खेलकुद सबै खेलको स्पर्धा सकिएको हो ।
आयोजक चीनले सय संस्करणमा २ सय १ स्वर्ण जित्दै कीर्तिमान कायम गरेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो ।
यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाली खेदकुमा १ सय ९९ स्वर्ण पदक जितेको कीर्तिमान चीनले यस पटक सुधार गरेर २ सय भन्दा बढी स्वर्ण जित्यो । । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो ।
चीन सर्वाधिक २ सय १ स्वर्ण १ सय ११ रजत र ७१ कांस्यहसित ३ सय ८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १ सय ८८ पदक जितेर दोस्रो तथा दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १ सय ९० पदक जितेर तेस्रो स्थानमा रहे ।
चौथो बनेको भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । भारतले ३८ रजत ४१ कांस्यसहित १ सय ७ पदक जितेको हासिल गर्यो । समान १ रजत र कांस्यसहित २ पदक जितेको नेपाल संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३औं स्थानमा थियो ।
यस पटक सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते । भुटान , माल्दिभ्स, यमन र टिमोर लिस्टे मात्र यस प्रतियोगितामा पदकविहिन बने ।अहिलेसम्मकै ठूलो एसियाली खेलकुदमा १२ हजारभन्दा बढी खेलाडीले ४० खेलको ४ सय ८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।चीनकी पौडी खेलाडि युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितिन। झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
१९ औं एसियाली खेलकुदको समापन समारोह हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टरस्थित बिग लोटस स्टेडियममा स्थानीय समयअनुसार आइतबार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा रजत विजेता नेपाली कराते खेलाडी एरिका गुरुङले नेपालको झण्डा बोक्नेछिन् । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ ।