असोज २९ गतेदेखि दशैंका लागि सर्वसाधारणले नयाँ नोट साट्न पाउने

हेटौंडा । सर्वसाधारणले यसबर्ष दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् ।
सर्वसाधारणलाई असोज २९ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गर्नुपर्ने नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले जानकारी दिए ।
पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले १८ हजार ५ सय रूपैयाँको नयाँ नोट उपलब्ध गराइने भएको छ ।
राष्ट्र बैंकमा नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले पुरानो नोट नबोकी आउँदा पनि नयाँ नोट पाइनेछ । क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैंकबाट नयाँ नोट लिन सक्ने जनाइएको छ ।