बागमतीले आत्मनिर्भर प्रदेश बनाउने नीति लिएको छ : मुख्यमन्त्री जम्मकट्टेल

निरन्तर न्यूज
२१ आश्विन २०८०, आईतवार ०९:०६

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा उद्योग कलकाराना स्थापना गरि आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति लिएको बताउनु भएको छ ।

हेटौंडामा आयोजित उद्योग परिसंघ बागमती प्रदेशको साधारण सभा तथा दोश्रो अधिवेसनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले उद्योगीको क्षेत्रमा छलफल गरेर अगाडी बढ्ने बताउनुभयाे । मुख्यमन्त्री जम्कट्टेलले सरकारले कृषि क्षेत्रमा जोडदिने जानकारी गराउँदै विगतका दिनहरुमा कृषिमा व्यक्ति केन्द्रीत भएकाले त्यसको अन्त्य गरेर व्यसायीकरण गरेर अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो ।

उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले आफु नयाँ सोच लिएर आएको बताउँदै प्रदेश सरकारले डाक्टर र नर्स पढाई खुल्ला रुपमा गर्ने नीति निर्माण गर्न लागेको बताउनु भएको छ । उहाँले सिटिभिटीमा १३ हजार विद्यार्थी उर्तिण भएको तर १ हजार ३ सय जनाले मात्र पढ्न सिट पाएको भन्दै डाक्टर र नर्स पढाई खुल्ला रुपमा गर्ने बताउनु भएको हो ।

प्रदेश अध्यक्ष भेषराज दुवाडीको सभाध्यक्षतामा भएको सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, परिसंघ प्रदेश संस्थापक अध्यक्ष ऋषिराम घिमिरे, जिल्ला तथा प्रदेश समितिको संयोजक एजाज आलम लगायतको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु