बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा पोखरेल चयन

निरन्तर न्यूज
२१ आश्विन २०८०, आईतवार ०८:५२

हेटौंडा । वाग्मती प्रदेश उद्योग परिसंघको दोस्रो अधिवेशनले लेखराज पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । पोखरेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

हेटौंडामा शनिबार भएको अधिवेशनले परिसंघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कडेल, उपाध्यक्षहरुमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने, सूर्यप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै परिसंघको सदस्यहरु बद्रिनाथ शर्मा,सुयश राज पराजुली, श्रीहरि मास्के, धिरज कुमार कार्की क्षेत्री, शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, सृजन कोइराला, राजेन्द्र रिजाल, महेन्द्र बहादुर बानियाँ, दिवश चौलागाईं, सुदर्शन अधीकारी चयन हुनु भएको छ । परिसंघको पदेन सदस्यहरुमा भने बलराम अधिकारी(सिन्धुली), राजाराम अधिकारी(नुवाकोट), चन्दना कोइराला (महिला उद्यमी मञ्च), अमर घिमिरे (युवा उद्यमी मञ्च) रहनु भएको छ ।

अधिवेशनले महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्च पनि निर्वाचित गरेको छ ।

अधिवेशन उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले निर्यातमुखी उद्योगहरु स्थापना गर्न उद्यमीहरुलाई आग्रह गरेका थिए । अब उद्योगहरु स्थापना गर्दा सानो क्षेत्रलाई हेरेरमात्र उद्योगहरु स्थापना गर्न हुँदैन, ठूलो बजारलाई लक्षित गरेर उद्योगहरु स्थापना गरेमात्र उद्यमीहरु सफल हुन सक्ने उनको तर्क थियो ।

मुख्यमन्त्री जम्कट्टेलले परिस्थिति फेरिएकाले उद्योगीहरुले पनि समयसांपेक्ष लगानी गर्नुपर्ने बताए । प्रदेश सरकारले उद्योगहरु स्थापना गर्न नीति तथा कार्यक्रममा समेटनुको साथै पूर्वाधारको निम्ति बजेट व्यवस्था गरेको उनले जनाए । कार्यक्रममा १३ जिल्लाका करिब २ सय जना उद्योगहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु