चिकित्सा शिक्षा ऐन संसोधन नभई स्वास्थ्य क्षेत्र सुधार हुन मुश्किल : मन्त्री बस्नेत

हेटौडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन नभई स्वास्थ्य क्षेत्रमा सुधार गर्न मुश्किल रहेकाे बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस मकवानपुरले हेटौडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन हुन नसके पाँच वर्ष पछि नेपालमा डाक्टर र नर्सहरु रहने अवस्था नभएको र विदेश पलाएन हुने गम्मीर अवस्था आउनसक्ने बताउनु भयो । मन्त्री बस्नेतले काजमा चिकित्सक नराख्ने तथा दरबन्दी मै पठाउने र छिटाेभन्दा छिटाे ऐन परिवर्तन गरेर डाक्टर र नर्स अध्यानकाे व्यवस्था मिलाउन आफु लागीपरेको बताउनु भयो । मन्त्री बस्नेतले ९५ प्रतिशत डाक्टरहरु गाँउगाँउमा सेवा दिन पुगेको रेकर्ड आफुसँग रहेको बताउनुभयाे । उनले सय दिनमा एक सय सात कामहरु गरेर देखाएको बताउँदै स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने बताउनु भयो ।
आफु स्वास्थ्य मन्त्री भएर आएपछि वीर अस्पतालको सुधारदेखी गाँउगाँउमा डाक्टर पुगेको, मेडिकलमा बोर्डमा पनि उल्लेख्य सुधार भएको,अनुमति नलिई संचालनमा आएका फार्मेर्सीहरुमा कारवाही गर्न सुरु गरेका,सरकारी अस्पतालहरुलाई आफै अनिवार्य फार्मेसी सेवा सुरु गर्ने वातावरण बनाएको,भन्दै स्वास्थ्य क्षेत्रमा आन्तरिक सुधार उल्लेख्य हुदै आएको बताउनु भयो । अबको ६ महिना भित्र स्वास्थ्य क्षेत्रमा परिवर्तनको आभाष हुने काम देखिने बताउदै उहाँले आधारभुत स्वास्थ्य सेवा दिने सन्र्दभमा नीतिगत मात्र होईन कार्यान्वयनको पक्षमा पनि आफु अहोरात्र लागीपरेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामा,बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का लगायत काङ्ग्रेस नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।