इजरायलमाथि भएकाे आक्रमणको नेपालद्वारा भर्त्सना
काठमाडौं। नेपाल सरकारले इजरायलमाथि शनिबार गरिएको आक्रमणको भर्त्सना गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग नेपालको ऐक्यबद्धता व्यक्त गरिएको छ ।
प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी संगठन हमासले शनिबार मध्य र दक्षिण इजरायलमा रकेट आक्रमण गरेपछि स्थिति अशान्त छ।
केही मानिसको मृत्यु भएको छ भने धेरैजना घाइते छन् ।
नेपाल सरकारले आक्रमणमा मृत्यु भएका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
१४ नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण गरिएको जानकारी पाएको मन्त्रालयले जनाएको छ । आक्रमणमा नौ नेपाली घाइते भएका र दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।