एसियाड क्रिकेटः नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो । ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली जित हासिल गर्न सकेन् ।
हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि सकिएको छ। टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।
दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २९ रनको योगदान गरे । कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । करन केसीले १३ बलमा २ छक्का र एक चौका सहित नटआउट १८ रन जोडे । भारतविरुद्ध धैर्यता गुमाएर लामो सट खेल्ने धुनमा ८ ब्याटर क्याच आउट भए।
नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो ।आक्रामक प्रदर्शनका साथ नेपाली ब्याटरले खेललाई रोमान्चक बनाएका थिए । तर जित हासिल भएन् र
नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । यही ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भए ।
स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आउट भए ।नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।
यसअघि भारतले यशस्वी जैसवालको शतकीय ईनिङमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।