मकवानपुर चेम्बर अफ कमर्सकाे कार्यसमिति विस्तार

निरन्तर न्यूज
५ जेष्ठ २०७६, आईतवार ०८:२०

हेटौँडा । मकवानपुरमा एक वर्ष अघि ११ सदस्यीय कार्यसमिति बनाइ स्थापना भएको मकवानपुर चेम्बर अफ कमर्सले हेटौँडामा शनिबार २१ सदस्यीय समिति  पुनर्गठन सहित विस्तार  गरेको छ ।

पुनर्गठित समितिमा ६ जना पदाधिकारी र १५ जना सदस्यहरु रहेका छन् ।
जसमा अध्यक्ष विजय कुमार श्रेष्ठ सहित उपाध्यक्ष कबिन संघामी, महासचिव रविन्द्र घिमिरे, सचिव नरेन्द्र महर्जन, कोषाध्यक्ष जितेन्द्र कर्माचार्य र सहकोषाध्यक्षम शेखर थपलिया पदिधकारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा राजेश अग्रवाल, सन्तोष खतिवडा, सुरज डङ्गोल, हरिशरण अर्याल, दीपक गौतम, बुद्ध अर्याल र देवेन्द्र बर्तौला, पारशमणी थिङ, नेत्र प्रसाद खतिवडा, संजय गुप्ता, राजु नेपाल, राजाराम बोगटी, गंगाप्रसाद पौडेल, अनिल श्रेष्ठ र शर्मिला श्रेष्ठ रहेका छन् ।

तश्विर : राजाराम बाेगटीकाे फेसबुक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*