बढेकाे पेट्रोलियम मुल्य राति १२ बजेदेखि लागू हुने गरी फिर्ता

निरन्तर न्यूज
१४ आश्विन २०८०, आईतवार १७:१६

हेटौंडा । आइतबार  रातिबाट लागु हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ ।

नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएसँगै बढेको मूल्य घट्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति मार्फ़त जनाएको छ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी ग्यासमा रु २१५ सहित पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा   ६ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु