गाँजा सहित हेटौँडामा २ जना पक्राउ

निरन्तर न्यूज
४ जेष्ठ २०७६, शनिबार १८:१३

हेटौंडा । मकवानपुर प्रहरीले कुखुराको दाना लोड गरिरहेको ट्रकबाट लागु औषध गाँजा १ सय २० केजी सहित हेटाैँडामा २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले लुकाएर ल्याएको ११ पोकामा लागु औषध गाँजा १ सय २० केजी भेटिएको बताए ।
प्रहरीले ट्रक धनी मकवानपुर राक्सिराङ्गका २८ बर्षिय सुकुलाल थिंङ र ट्रकमै सवार ३१ बर्षिय नमराज दर्जीलाई पक्राउ गरेको छ । प्रहरीले आज हेटौँडा उपमहानगरपालिका ११ नवलपुर स्थित सडकखण्डबाट दाना बोकेको ट्रक चेकजाँच गर्ने गाँजा फेला परेपछि प्रहरीले चालकलाई गाँजा सहित नियन्त्रणमा लिएको थियो ।

प्रदेश ३ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले नवलपुरमा सवारी साधन चेक जाँच गर्नेक्रममा चितवनबाट हेटौँडा तर्फ आउदै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकभित्र विजय पेलेट दानाको बोरामुनि लुकाएर राखेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु