शुक्रवार महालेखापरीक्षकको कार्यालयले लेखा उत्तरदायी अधिकृत तथा सङ्घीय र प्रदेशस्थित आयोग, सचिवालय, तथा केन्द्रीय निकायहरूलाई पत्राचार गर्दै गत विगत वर्षहरूको बेरुजू लगत, फर्छ्यौट तथा सम्परीक्षणको अवस्था र चालु वर्षको स्थितिसमेतको लागत अद्यावधिक विवरण लेखा परीक्षकसमक्ष पेश गर्न भनेको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एन २०७६ को दफा ३८ मा लेखापरीक्षणबाट देखिएको बेरुजुको लगत कार्यालयस्तर र केन्द्रियस्तरमा राख्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार महालेखापरीक्षकको कार्यालयले तोकिएको ढाँचाअनुसारको बेरुजुको अद्यावधिक विवरण लेखा परीक्षणको टोलीसमक्ष पेश गर्न भनेको हो ।
आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण गर्ने क्रममा गत विगत वर्षको बेरुजु लगत, फर्स्यौट तथा सम्परीक्षणको अवस्था र चालू वर्षको बेरुजू स्थितिसमेतको लगत अद्यावधिक विवरण समेतको परीक्षण गरी चालु वर्षको प्रतिवेदनमा समावेश गरिने भएकोले बेरुजु फर्स्यौट तथा सम्परीक्षणमा विशेष ध्यान दिई बितिए अनुशासन कायम हुन पुग्ने अनुमान गरिएको छ ।
आगामी दिनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावली २०७७ मा उल्लिखित समयावधिभित्र बेरुजु फर्स्यौट तथा सम्परीक्षण कार्यले प्राथमिकता पाइ मुख्यसचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा गत साउन १ मा भएको सचिव बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८०/०८१ लाई आर्थिक अनुशासन वर्ष मनाउने निर्णय कार्यान्वयनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।
