मन्त्री कस्सिएर मन्त्रालय परिसर सफा गरे

हेटाैँडा । विदाको दिनमा घुम्ने रमाइलो गर्ने तथा आराम गर्ने समयलाई ३ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल आफै कस्सिएर मन्त्रालय परिसर सरसफाई गरेका छन् ।
मन्त्री दुलालको नेतृत्वमा मन्त्रालय परिसर र वरपरको फोहोरले थुप्रिएको आसपासका क्षेत्रमा आज विदाको दिन पारेर सरसफाई गरिएको छ ।
शनिवार विहान झाडिले घेरिएको मन्त्रालय वरपरका क्षेत्रमा सरसफाई गरेर बिभिन्न जातका फलफूलका बिरुवाहरु रोपिने मन्त्री दुलालले बताउनुभयो ।
तश्विर : मन्त्री दुलालको फेसबुक