क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

निरन्तर न्यूज
६ आश्विन २०८०, शनिबार ११:२९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुन निर्विरोध निर्वाचित भएका छन् । उनको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

चन्द विरुद्ध उठ्ने घोषणा गरेका विनयराज भण्डारी  पछाडि हटेपछि उनी फेरि नेतृत्वमा आए    ।यस्तै उपाध्यक्षमा  रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध निर्वाचन भएका छन् । महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु