अब प्रहरीले लागु पदार्थ सेवन परिक्षण गर्ने

निरन्तर न्यूज
४ जेष्ठ २०७६, शनिबार १४:०४

पथलैया । ट्राफिक प्रहरीले सवारी दुर्घटनालाई कम गर्ने उद्देश्यसहित लागु पदार्थ सेवन (लापसे) को पनि चेक जाँच गर्न सुरु गरेको छ । नार्कोनन् नेपालको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले गत चैतदेखि लापसेकाे छड्के चेकजाँच थालेको हो ।

ट्राफिक प्रहरीले राजमार्गमा चल्ने सवारी चालकको मूत्र परीक्षण गरेर लापसेको अवस्था पत्ता लगाउँछन् । नेपालमा ड्रग युरिन टेस्ट किटबाट सडकमै जाँच गरिएको यो पहिलो पटक हो । मापसे जाँचसँगै प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर ड्रग युरिन टेस्ट किटबाट जाँच गर्दा चालकहरूले लागु पदार्थ सेवन गरेको पाइएको छ ।

सवारी चालकलाई सानो डब्बामा पिसाब लिएर आउन लगाउने र उक्त पिसाबलाई किटमा हाल्दा ३० सेकेन्डभित्र लागु पदार्थ खाएको वा नखाएको पत्ता लाग्छ । चैत मसान्तदेखि लापसे चेकजाँचको क्रममा दुई जनाले गाँजा सेवन गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु