हेटौंडाको पशुपति मन्दिरलगायत स्थानमा तीजको रौनकता

निरन्तर न्यूज
१ आश्विन २०८०, सोमबार १४:०१

हेटौंडा । हेटौंडाको पशुपति मन्दिरसंगै मकवानपुरका दश वटै स्थानीय तहमा आज हरितालिका तीज पर्व मनाइँदैछ । हेटौंडासंगै दश वटै स्थानीय तहमा तीज पर्बको रौनकता निकै बढेको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा एक महिना अघि देखि बिभीन्न संघसंस्थाका नाममा तीजको दर खाएको भएपन िमकवानपुरका गाउँमा भने गएराती मात्र तीजको दर खाएका छन् । आज गाउँ नजिकैका पशुपति मन्दिरहरुमा पुजाआरधाना गरेर महिलाहरुले तीज मनाउन थालेका छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ ।

तीजको अवसरमा हेटौंडाको पशुपतिनाथ मन्दिरमा बिहानै देखि निकै चहलपहल बढेको छ । अरु स्थानीय तहका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*